ओल्के पर्व
ओल्के पर्व हरेक वर्ष भाद्र संक्रान्तिका दिन सुदूरपश्चिमका पहाडी जिल्लाहरू, विशेषगरी बैतडीमा हर्षोल्लासका साथ मनाइन्छ। यस दिन ठूलाबडा र मान्यजनलाई उपहार (ओल्को) दिने, मीठा परिकार खाने र गाउँ नजिकका अग्ला टाकुरामा रूखका हाँगाबिँगा थुपारेर 'बुढी हाल्ने' परम्परा छ। यसलाई सुदूरपश्चिमको जेठो पर्वका रूपमा लिइन्छ।
- मिति
- Aug 17, 2026
कार्यक्रम सारांश
मुख्य आकर्षणहरू
- ठूलाबडालाई उपहार (ओल्को) दिने परम्परा
- गाउँनजिकका अग्ला टाकुरामा 'बुढी हाल्ने' चलन
- नयाँ कृषि उपज देवीदेवतालाई चढाउने
- सुदूरपश्चिमको 'जेठो पर्व' को रूपमा मनाइने
यस पर्वको मुख्य पक्ष 'ओल्को' अर्थात् उपहार वा कोसेली दिने चलन हो। यस दिन आफूभन्दा ठूलाबडा, मान्यजन तथा ज्येष्ठ नागरिकहरूलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, गाभा, फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गुड र विभिन्न प्रकारका मीठा पकवानहरू कोसेलीका रूपमा दिइन्छ। कतिपय ठाउँमा बारीमा फलेका नयाँ मकै, गाभालगायतका कृषि उपजहरू देवीदेवताका मन्दिरमा चढाएपछि मात्र खाने परम्परा पनि छ।
ओल्के पर्वको अर्को महत्त्वपूर्ण चलन 'बुढी हाल्ने' हो। यस दिन गाउँनजिकका अग्ला टाकुरामा सामूहिक रूपमा रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर थुपारिन्छ, जसलाई स्थानीय भाषामा 'बुढी हालेको' भनिन्छ। भाद्र संक्रान्तिका दिन गाडिएको यो 'बुढी' लाई असोज संक्रान्तिको साँझ सामूहिक रूपमा आगो लगाएर पोल्ने परम्परा रहेको छ, जसलाई 'बुढी पोल्ने संक्रान्ति' भनिन्छ।
पर्वका दिन बिहानै नुहाइधुवाइ गरी घरमा विभिन्न परिकारहरू तयार पारी आफन्तजनसँग बसेर खाने चलन पनि छ।
व्यावहारिक विवरण
त्यसैले तपाईं जानु अघि, तपाईंले निम्न गर्नुपर्छ:
नोट: FestivalIndex एक कार्यक्रम खोज सूचकांक हो। उपस्थित हुनु अघि सधैं नवीनतम आयोजक वा स्रोत घोषणा जाँच गर्नुहोस्।
Sources and further information
Check these references for event announcements and updates before attending.
- बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै radionepalonline.com
स्थान नक्सा
Approximate area only; exact venue coordinates are not confirmed.
अन्वेषण जारी राख्नुहोस्
नजिकका ठाउँहरू, मिल्दाजुल्दा विषयहरू र क्यालेन्डर मार्गहरू फेला पार्न यस कार्यक्रमलाई प्रस्थान बिन्दुको रूपमा प्रयोग गर्नुहोस्।