NP हालै सम्पन्न

Rishi Panchami festival

ऋषिपञ्चमी पर्व नेपाली महिलाहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा महिलाहरूले विशेष स्नान विधि पूरा गर्छन्। भक्तजनहरू काठमाडौंको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरहरूमा भेला हुन्छन्।

मिति
Sep 15, 2026
अवस्था
हालै सम्पन्न
चन्द्र पात्रो मिति
Âm lịch
Rishi Panchami festival

कार्यक्रम सारांश

मुख्य आकर्षणहरू

  • अरुन्धतीसहित सप्त ऋषिको पूजा
  • रजस्वला सम्बन्धी दोष निवारणका लागि स्नान र पूजा
  • विशेष स्नान विधि (दत्तिवन, गाईको गोबर, माटो, खरानी)
  • ऋषेश्वर मन्दिरहरूमा महिला भक्तजनको भीड
ऋषिपञ्चमीका दिन बिहानै उठेर नेपाली महिलाहरू दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्छन्। हरितालिका (तीज) को व्रत पारायण गरिसकेपछि यो पर्व मनाउने गरिन्छ। स्नान पश्चात् पञ्चगव्य सेवन गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा आराधना गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। महिलामा रजस्वलाको समयमा भएका कुनै त्रुटी वा छाई छुई (छुवाछुत) लगायतका दोषबाट मुक्ति पाउन यो पूजा गरिने धार्मिक विश्वास छ।

यस पर्वको पृष्ठभूमि महिलाको रजस्वलासँग जोडिएको छ। रजस्वला भएका बेला अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई पाप लाग्ने भएकाले छुन नहुने एवं जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको उल्लेख छ।

पूजाआजा गरेपछि नरोपी उम्रेका अन्नहरू जस्तै सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि पनि छ। यस अवसरमा काठमाडौंको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरहरूमा श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्दछ। मन्दिर जाने अवसर नमिल्ने महिलाहरूले भने नदी किनार वा घरमै बसेर पनि पूजा आराधना गर्ने प्रचलन छ।

व्यावहारिक विवरण

स्थान
ऋषेश्वर मन्दिरमा
nagariknews.nagariknetwork.com
क्षेत्र
Kathmandu

त्यसैले तपाईं जानु अघि, तपाईंले निम्न गर्नुपर्छ:

नोट: FestivalIndex एक कार्यक्रम खोज सूचकांक हो। उपस्थित हुनु अघि सधैं नवीनतम आयोजक वा स्रोत घोषणा जाँच गर्नुहोस्।

Sources and further information

Check these references for event announcements and updates before attending.

स्थान नक्सा

Approximate area only; exact venue coordinates are not confirmed.

अन्वेषण जारी राख्नुहोस्

नजिकका ठाउँहरू, मिल्दाजुल्दा विषयहरू र क्यालेन्डर मार्गहरू फेला पार्न यस कार्यक्रमलाई प्रस्थान बिन्दुको रूपमा प्रयोग गर्नुहोस्।